• २०८३ बैशाख १५ गते मङ्गलवार

रामकुमारी झाक्री गुल्मीवाट निर्वाचन लडने

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ८, काठमाडौं। नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट लडने बताउनुभएको छ । पाटीको केन्द्रीय सचिव भएको भोलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयोजक कमिटीले काठमाडौको थापागाउँमा गरेको कार्यक्रमलाई सम्वोधन गदै उहाँले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने वताउनुभएको हो ।

लामो समयदेखि राजनितिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगोल वनाउने अवसर नै नपाएको वताउदै नेतृ झाक्रिले दावी गर्नुभयो । म जब राजनीतिमा सक्रिय रहे उहाँले भन्नुभयोञ गुल्मीमा रामकुमारीले आफ्नो भुगोल वनाउछ भन्दै अवसरवादीहरुले सधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र वनाउन सकिन ।झ पाटिका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटोमा जन्मेकी रामकुमारी झाक्रि केन्द्रीय सदस्य हुदा समेत जिल्लाको ईन्चार्जको त्यो जिम्मेवारी पूरा गर्ने अवसर समेत केपि वलिले नदिएको बताउनुभयो ।

उहाले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा,श्रीराम महत जस्ता सयौ युवा नेताहरु पनि निर्वाचन लडन तयार रहेको वताउनुभयो । दुई(दुई पटक ससंदको हत्या गर्ने पाटीसगँ सविधानको रक्षा गरेर अगाडि वढेको नेकपा एकीकृत समाजवादी पाटीका नेताहरु निर्वाचन लडने उहाको भनाई थियो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएकि नेतृ झाक्रिले एमालेका मान्छेहरु अब के भनेर ससंदको निर्वाचनमा भाग लिन्छन त्यो हेर्न वाकि रहेको बताउनु भयो । के उनिहरु हामीलाई भोट दिनुस ६ महिनामा ससंद विघटन गरेर आउछौ भन्दै भोग माग्लान त उहाँले अगाडि भन्नुभयोञ सविधानको धज्जि उडाउने केपी वलि कम्पनीको एमालेलाई ससंदको निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत छैन । झमाधव नेपाललाई वोकेर विद्रोह गर्न लगाउने १० जना नेताहरु सवैभन्दा वढि अवसरवादि भएको उहाँले आरोप लगाउनुभयो ।

विचार र सिद्धान्त विनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादिहरुलाई आगामी निर्वाचनमा जनताले देखाईदिने उहाँको दावी थियो । निर्वाचनमा जाने उहाँहरुका कुनै योजना नै नभए बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस