• २०८३ बैशाख १६ गते बुधवार

पुर्व प्रधानमन्त्रीकि छोरीलाई शैक्षिक सामग्री अभाव, शैक्षिक सत्रमै पाईनन कापि कलम

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

असोज ८, मुगु । पुर्वप्रधानमन्त्री केपी ओलीबाट अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ मांग्रिकी छोरी ठिल्ले साङमु लामाशैक्षिक सामग्रीको अभाव भएको छ । असार महिनामा सुरु भएको शैक्षिक सत्र बितेको ३ महिना बितिसक्दा पनि हाल सम्म कुनै पनि निकाय बाट सहयोग प्राप्त भएको छैन ।

बहालवाला प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब ३ महिना बितिसक्दा पनि कुनै पनि चालमाल नगरेको पारिवारिक श्रोतले जानकारी गराएको छ । मुलुकमा राजनितिक द्धन्द्धले सरकार परिवर्तन भईरहेको छ । जुन प्रधानमन्त्री सरकारमा आएपछि लामा लाई हेर्नु पर्ने हो तर बर्तमान अवस्थाका प्रधानमन्त्रीले कार्यभार सम्हालेको यतिका दिन पुगि सक्दा पनि अभिावकत्व हिसावले गर्नु पर्ने जिम्मेवारी गर्नु त परै जावस एक पटक पनि सोधपुच नगरेको लामाकि आमा छिचु लामाले बताइन् । यसको एक वर्ष अगाडी निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले एक पटक मात्र २० हजार रुपैया पठाएका थिए ।

त्यस पछाडी छोरी लाई कुनै पनि सहयोग नभएको आमा लामाको भनाई रहेको छ । कोरोनाले थला परेका विद्यालय पनि बिस्तारै बिस्तारै ब्युँझिएका छन् । विद्यालय खुले पनि लामाको अध्ययन खुलेको छैन । लामा लाई विद्यालय जान आबश्यक पर्ने स्टेशनरीका सामग्री कापि , कलम ,झोला विद्यालय पोषाक लगायत अन्य खाजा , खानाको अभाव भएको बुद्ध माद्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिका प्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार अहिले ठिल्ले लाई शैक्षिक सामग्रीको अभाव भएको छ । विद्यालयमा आउन त एक पटक आउन्छन , पोषाक लगाएको देखिदैन , हातमा कापि , कलम पनि छैन , स्कुल आउने जाने काम बाहेक अन्य केही नभएको उपाध्यायको भनाई छ । लामाको यस्तो समस्या लाई समाधान गर्न बहालवाला प्रधानमन्त्री देउवा लाई चाँडो भन्दा चाँडो अभिभावकत्वको जिम्मेवारी पुरा गर्न उनले ध्यानाकर्षण गराउनु भयो ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ मा निबर्तमान प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामालाई अभिभावकत्व ग्रहण गरेका थिए ।

तर, २ वर्ष बढि बितिसक्दा पनि ओलीले लामालाई पढाइ खर्च, गास, बास, कपास उपलब्ध नगराइदिँदा प्रधामन्त्रीकै छोरी भनेर आफन्तले नै गिज्याउन थालेका छन् । लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत छन् । उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक कापी, कलम, डे«स नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ । घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामालाई ओलीले अभिावकत्व ग्रहण गरेका थिए ।

अहिले घरमा बिहान–बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ ।उमेर पनि १३ वर्ष पुगिन । प्रधानमन्त्रीले अभिभावकत्व गरेको करिब ३ वर्ष बढि पुग्दासमेत हाल सम्म २ पटक मात्र २० हजार रुपैयाँ नगद र १ पटक लत्ताकपडा मात्र सहयोग गरेको आमा छिचु लामाको भनाई छ । विद्यालय पठाउँदा साथीभाइ, गाउँघरका आफन्तले पनि नातिनीलाई प्रधानमन्त्रीकी छोरी भनेर जिस्काउने गरेका छन् ।

रारा पर्यटन महोत्सवमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन् ।

उनको अवस्था पनि उस्तै छ । प्रधानमन्त्रीकी छोरी लामा र राधिकाकी छोरीले अहिलेसम्म भरपेट खान पाउँदैनन् । पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व ग्रहण गरेका छोरी र अन्य मन्त्री, सांसदहरूले अभिभावकत्व लिएका छोरीको हालत पनि उस्तै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस