असोज ८, बाँके। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँके क्षेत्र नं ३ का अध्यक्ष राजकुमार योगी आफ्नो सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गरेपछि राप्रपामा भूकम्प गएको छ । अध्यक्ष योगी आफ्नो कार्यसमितिका सचिव सरोज थापासहित तीन सय बढी नेता कार्यकर्तालाई लिएर एमाले प्रवेश गरेका छन ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राजकुमार सहित २० नं वडाका अधिकांश राप्रपाका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले नेता कृष्ण कार्कीले जानकारी दिए ।
नवप्रवेसीहरुलाई एमाले लुम्बिनी इन्चार्ज शंकर पोखरेलले स्वागत गरेका हुन । नेता पोखरेलले स्वागत गर्दै जनता एमालेको पक्षमा भएका कारण अन्य सबै दल डराएर गठबन्धनका नाममा एकठाउँमा हुन पुगेको बताए ।