• २०८३ साउन २५ गते सोमवार

बागलुङको ओडारमा भेटियो २५ थान भरुवा बन्दुक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, बागलुङ । बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले रातोपाटीलाई बताए ।

तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको छ ।

बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए । उनले भने– ‘त्यो कुनै सशस्त्र समूहको बन्दुक होइन्, गाउँलेहरुले लुकाएर राखेको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस