• २०८३ बैशाख २४ गते बिहिवार

बाढी प्रभावित स्थानमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, सिन्धुपाल्चोक । हालै परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो प्रभावित स्थानमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले बिहीबार निस्शुल्क स्वास्थ्य ‍शिविर सञ्चालन गरेको छ ।

उक्त अस्पतालबाट प्रहरी वरिष्ठ उपरीक्षक डा. सञ्जय विक्रम श्रेष्ठको नेतृत्वमा खटिएको २१ जनाको विशेषज्ञ टोलीले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका(४ चिलौनेघारीस्थित मेलम्ची भ्याली कलेजमा उक्त शिविर सञ्चालन गरी सो क्षेत्रका बाढी पीडित १ सय ७९ जना स्थानीयलाई चेकजाँच गरी निस्शुल्क औषधि वितरण गरेको हो । शिविरमा मानसिक रोग, ज्वरो, हातखुट्टा सुनिएका तथा दुखेका, पेट सम्बन्धि, स्त्री तथा प्रसुती रोग, बाल रोग, दन्त रोग लगायतबाट पीडित स्थानीय वासिन्दाहरूलाई जेक जाँच गरी ती मध्ये ४२ जनालाई भिडियो एक्स-रे सेवा प्रदान गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस