• २०८३ बैशाख १८ गते शुक्रवार

विराटनगर महानगरको बजेट ४ अर्ब १० करोड ३ लाख

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ । महानगरले अघिल्लो वर्षकै हाराहारीको बजेट ल्याएको छ । आगामी वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५,पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।

महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख,प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार,राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार,आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार,अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००,संघसंस्थाबाट १ करोड ४४ लाख,जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।

प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार,आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख,सामाजिक विकास क्षेत्रमा १ अरब २६ करोड ६९ लाख,सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस