• २०८३ बैशाख २४ गते बिहिवार

डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतम नियुक्त कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई सरकारले सोमबार वीरमा नियुक्त गरेको हो ।

गौतमले मंगलबारदेखि वीरमा कार्यभार सम्हाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि डा. गौतमले परोपकार प्रसुति गृहको निर्देशकको रूपमा ७ वर्ष जिम्मेवारी सम्हालेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस