• २०८३ असार २ गते मङ्गलवार

संसद विघटन विरुद्ध मुगुमा राष्ट्रपतिको पुत्लादहन

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ १० मुगु । हिमाली जिल्ला मुगुमा सदरमुकाम गमगढी बजारमा साझँपखनेपालविद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको संयुक्तमा सोमवार राँके जुलुस प्रदर्शन गरी पुल्तादहन गरेको छ । जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको संसद् विघटनको कदमलाई असंवैधानिक भन्दै नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा प्रधानमन्त्री केपि शर्मा ओलि र राष्टपति विद्यादेवि भण्डारीको पुत्लादहन गरेको हो ।

संविधानलाई आफ्नो पेवा सम्झेर मनलाग्दी गरेको र असबैधानिक तवरले दोश्रो संसद विघटन गरेको भन्दै त्यसको विरोध स्वरूप राँके जुलुस प्रदर्शन गरि प्रधानमन्त्री र राष्टपतिको पुत्ला जलाएको नि. वर्तमान नेविसंघका केन्द्रिय सदस्य प्रकाश शाहीले बताए । उनका अनुसार अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य नवराज कार्कीको नेतृत्वमा सदरमुकाम स्थित चन्दननाथ होटेलबाट सुरु गरि कृष्ण चोकमा कोण सभागरि राँके जुलुस प्रदर्शन गरेको हो ।

No description available.

प्रदर्शनमा केपि ओलि मुर्दावाद , विद्या देवि मुर्दावाद जस्ता नारा लगाएका थिए । राष्ट्रपतिको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने जानकारी दिँदै उनले मुलुक प्रतिगमन तर्फ लागेको प्रति जानकारी दिए । प्रदर्शनकारीले उक्त चोकमा राष्ट्रपति तथा प्रधानमन्त्रीको तस्बिर समेत जलाएका थिए । जुलुसमा सरकारविरुद्ध नारा पनि लगाइएको थियो । आइतबार दिउँसो नेपाली कांग्रेस मुगुले एक प्रेस विज्ञप्ति जारी गर्दे राष्ट्रपतिको उक्त कदमको विरोध जनाएको थियो ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस