जेष्ठ १० मुगु । पछिल्लो समय नया भेरियन्टको कोभिड १९ तिव्र गतिमा संक्रमण हुदै गए पछि कोरोना परीक्षणका लागि कर्णाली प्रदेशमा एक लाख एन्टिजेन किट आउने भएको छ । सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने निर्णय गरे पछि कर्णालीमा १ लाख ५० हजार किट कोरोना परिक्षणको लागि कर्णालीमा पुग्ने भएको हो ।

कर्णालीका १० जिल्लामा यो किट वितरण हुने जनाईएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कर्णालीप्रदेशमा एक लाख ५० किट पठाईने हो भने प्रदेश १ मा एक लाख, प्रदेश २ माbदुई लाख, बागमती प्रदेशमा एक लाख, काठमाडौंमा थप एक लाख, भक्तपुर र ललितपुरमा ५०-५० हजार, लुम्बिनी प्रदेशमा दुई लाख, गण्डकी प्रदेशमा डेढ लाख र सुदूरपश्चिम प्रदेशमा दुई लाख एन्टिजेन पठाइने बताए । एन्टिजेनको सही सदुपयोग र कन्ट्याक्ट ट्रेसिङ लगायतकाआवश्यक पर्ने स्थानहरूमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टार, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोल-टोलमा समयमै एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए।
नगरपालिकामा निशुल्क कोरोना परिक्षण
जिल्लाको छायानाथ रारा नगरपालिकाले नगरबासिको कोरोना परिक्षणको लागि निशुल्ककोरोना परिक्षण गरेको छ । यो भन्दा अगाडी ८ सय किट ल्याएको नगरपालिकाले अहिले निशुल्क रुपमा कोरोना परिक्षण गराई रहेको हो । जिल्लामाअहिले १ सय ९७ जनाकोरोना संक्रमण पुष्टि भएका छन् यि मध्ये १ सय ४३ जना सक्रिय सक्रिमत रहेका छन भने ५४ जनानिको भई घर फर्किसकेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।