जेठ १०, काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) को मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण प्रहरी प्रधान कार्यालयमा कार्यरत खरेलको उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा सोमवार मृत्यु भएके हो ।

उनी संगठनमा इमान्दार र व्यावसायिक अधिकृतको रुपमा चिनिन्थे। खरेल हाल महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। यसअघि गएको ६ गते कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको मृत्यु भएको थियो ।