• २०८३ असोज ४ गते आइतवार

रामेछापमा अक्सिजन प्लान्ट बन्दै, अब अक्सिजन अभाव नहुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । अर्थ मन्त्रालयले रामेछाप जिल्ला अस्पताल सहित ११ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट्र निर्माणकार्यका लागि बजेट सुनिश्चित गरेको छ। पहाडी जिल्ला रामेछापमा केही दिन पहिले एमाले नेता तथा समाजसेवी रत्नप्रसाद गौतमले एन्टिजेन कीट सहयोग गरेपस्चात कोरोना उपचारमा सहज परिस्थिति बनेको थियो ।

अक्सिजन प्लान्ट बनेपछि जिल्लामा अक्सिजन अभाव नहुने अबस्था हुन सक्छ। नेकपा एमाले जिल्ला कमिटीले जिल्लालाई कोरोनामुक्त बनाउन क्रमशः एन्टी कोरोना गतिविधि गर्दै आएको छ। सोही अन्तर्गत जिल्ला कमिटीले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएको थियोे ।

अर्थ मन्त्री विष्णु पौडेल, बागमती प्रदेश इन्चार्ज शेरबहादुर तामाङ जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ र नेकपा एमालेका नेता रत्नप्रसाद गौतमको बिशेष पहलमा हामीले जिल्ला अस्पतालमा यस विषम परिस्थितिमा पनि अक्सिजन प्लान्ट निर्माण गर्दै छौ। एमाले पार्टी र नेपाल सरकार जनतालाई समस्या पर्दा सदैव जनताको साथमा छ भन्ने आभाष हुन्छ, जिल्ला कमिटी सचीव पुरुषोत्तम कडरियाले आफ्नो फेसबुक स्टाटस मार्फत बताएका छ्न ।

 

No description available.

 

 

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस