चैत्र ११, काठमाडौं । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रले यस वर्षको होली पर्व घर भित्र नै सीमित गर्न आग्रह गरेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले कोभिड १९ को जोखिम बढन नदिन होलीमा सार्वजनिक कार्यक्रमहरु माथि रोक लगाउने निर्णय गरेको हो ।
बैठकले पछिल्लो समय कोभिड संक्रमणको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै त्यसको पालनामा लापरवाही गरे संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
बैठकले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि यसअघि रहेका क्वारेन्टाइन र आइशोलेशन सेन्टरहरुलाई पुनः प्रयोग गर्न सकिने नसकिनेबारे अनुगमन गर्ने र त्यस्ता सेन्टरलाई तयारी अवस्थामा राख्न समेत स्थानीय तहहरुलाई आग्रह गरेको छ ।