चैत्र ११, एजेन्सी । कोरोना भाइरसको महामारीबाट ब्राजिलमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । महामारी सुरु भएदेखि अहिलेसम्मका दिनमध्ये आज सबैभन्दा धेरै जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार आज मात्रै ब्राजिलमा तीन हजार २५१ जनाको मृत्यु भएको देखिएको छ । योसँगै ब्राजिलमा कारोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या दुई लाख ९८ हजार ६७६ पुगेको छ । त्यसैगरी पछिल्लो एक दिनमा ब्राजिलमा कोरोनाभाइरसबाट ८२ हजार ४९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कूल एक करोड २१ लाख ३० हजार १९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।