फागुन १२, काठमाडौँ। नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रतिनिधिसभा पुनर्स्थापना भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले यथाशीघ्र प्रधानमन्त्री पद खाली गर्नुपर्ने बताउनुभएको छ ।
प्रचण्ड नेपाल समूहले आज राजधानीमा निकालेको विजय जुलुसलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी समेत दिनुभएको छ । नेतृ भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिनुभएको हो । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन, उहाँले भन्नुभयो ।
नेतृ भुसालले सर्वोच्च अदादलतको संवैधानिक इजलासबाट संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको रक्षा हुने गरी फैसला आएको बताउनुभयो ।