• २०८३ बैशाख ५ गते शनिवार

बेलायतका राजकुमार फिलिप संक्रमणको कारण केही दिन अस्पतालमा नै बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, एजेन्सी। बेलायतका प्रिन्स फिलिप ड्युक अफ एडिनबर्गलाई संक्रमणको कारण अस्पतालमा भर्ना गरिएको छ । एडिनबर्गलाई संक्रमण भएको बेलायतका कूटनीतिज्ञ बकिंघम प्यालेसले बताएका छन् । हाल उनको उपचार चलिरहेको छ र उपचारका लागि अस्पतालमा केही दिन बस्नु पर्ने जनाइएको छ ।

राजकुमार फिलिपलाई असहज महसुस भएपछि १७ फेब्रुअरीमा लन्डनको किंग एडवर्ड अस्पतालमा भर्ना गरिएको थियो। राजकुमार फिलिप ९९ वर्षीय रानी एलिजाबेथको पति हुन्। बकिंघम प्यालेसले प्रिन्सको स्वास्थ्य अवस्था अहिले राम्रो भइरहेको बताएको छ । प्रिन्स फिलिप र रानी एलिजाबेथ दुबै कोभिड १९ विरुद्धको खोप जनवरीमा लगाएका थिए ।

प्रिन्स फिलिप र क्वीन एलिजाबेथले गत वर्ष नोभेम्बरमा ७३ औँ विवाहको वार्षिकोत्सव मनाए। यस वर्ष जूनमा प्रिन्स फिलिप १०० वर्षको हुनेछन्। उनी अस्पतालमा कोरोनाको कारण भने भनाए नभएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस