• २०८३ बैशाख १८ गते शुक्रवार

नगरका एकल पुरुषले पनि पाउने भए भत्ता

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

फागुन १२, मुगु । जिल्लाको एक स्थानिय सरकारले अहिले सम्मकै उदाहरणीय कार्य गरेको छ । जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाले आफ्ना क्षेत्र भित्र रहेका १४ वटा वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ ।

शुक्रबार परेको ७१ औं राष्टिय प्रजातन्त्र दिवशको अबशर पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम गदै नगर क्षेत्र भित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको हो । एकल भत्ता बुझन आएका एकल पुरुषहरुले एकल महिला झै आफुहरुले पनि भत्ता पाउदा खुशी व्यक्त गरेका छन ।

वडा नं १४ का ५० वर्षिय जुद्घ बढुवाल भन्छन राज्यले एकल महिला भत्ता,वृद्द भत्ता,बालबालिका भत्ता दिदै आएपनि श्रीमतीको मृत्यु भएर वा श्रीमती नै नल्याएर वेसाहारा,एकल भएका समाजमा रहेका एकल पुरुषलाई संघिय र प्रदेश सरकारले वास्ता नगरेपनि स्थानिय सरकारले भत्ता दिएपछि आफुहरु पनि नागरिक भएको महशुस भएको छ नत्र अरुले भत्ता बुझदा हामीहरु विगतमा दोसो्र दर्जाका नागरिक रहेछौ भनेर सम्झन्थ्यौ ।

छायाँनाथ रारा नगरपालिका वडा नं १ का ५३ वर्षिय कृष्ण बहादुर हितानले नगरप्रमुख हरिजंग शाहीको हातबाट ६ हजार भत्ता बुभmदै भन्नुभयो नगर प्रमुख र सबै वडा अध्यक्षहरुको जय होस, बषौदेखि समाजमा एकल भएर वेसहारा भै जिवन विताई रहेका हामीहरुलाई बालबच्चाको शिक्षा,पालन पोषण र घर खर्च चलाउदा समस्या भोग्दै आएका थियौ अब हामीलाई सहज हुने भयो ।

वडा नं २ का वडा अध्यक्ष परेगराज चौलागाईले गाँउ बस्तिमा पुग्दा अन्यलाई भत्ता दिए पनि एकल पुरुषलाई राज्यले नदेखेको पाएपछि कार्यपालिकाको बैठकमा एकल पुरुषलाई पनि भत्ता दिने व्यवस्था गरौ भनेर कुरा उठ्दा सबै साथीहरु सहमत भएको बताए ।

वडा नं ४ का वडा अध्यक्ष विष्नु कुमार भाम हामी नेपाली भौतिक विकासलाई मात्र विकास भन्छौ जबसम्म समाजमा अपहेलित भएका,पिछडिएका र छेउ पारिएका एकल पुरुष जस्तै अन्यलाई पनि राज्यको दायरामा ल्याउदैनौ तबसम्म अन्य जे सुकै विकास गरेपनि त्यो सार्थक नहुने जानकारी गराए ।

देशमा रहेका ७५३ वटा स्थानिय तहहरु मध्य दुर्गम हिमाली जिल्लामा रहेको छायाँनाथ रारा नगरपालिकाले भौगोलिक,राजनैतिक तथा अन्य बाधा कठिनाईका बाबजुद पनि नमुना काम गदै गएको र यहि नगरको सिको गदै प्रदेश लगायत अन्य स्थानिय सरकारहरुले कार्यक्रम कपि गर्ने गरेको र काँग्रेसबाट नगर प्रमुख उम्मेदवार सहि र वास्तविक छनौट गरेछौ भनेर आफु सहित पाटीलाई गर्भ लाग्ने गरेको कार्यक्रमका विषेश अतिथी नेपाली काँगे्रस मुगुका पाटी सभापती खड्क बहादुर शाहीले बताए ।

सहभागी १२६ जना एकल पुरुषहरुलाई आर्थिक बर्ष २०७६ को एकल पुरुष भत्ता वितरण गदै कार्यक्रमका सभाध्यक्ष एवं नगर प्रमुख हरिजंग शाहीले नगरपालिकाले शुरु गरेका विभिन्न ऐतिहासिक कार्यक्रम र योजना मध्य एकल पुरुष भत्ता पनि एक भएको बताए । देशमा रहेका केहि स्थानिय सरकारहरुले यस अघि एकल पुरुष भत्ता दिने घोषणा गरेपनि भत्ता वितरण शुरु गर्ने छायाँनाथ रारा नगरपालिका देश भर मै पहिलो भएको र ४० बर्ष भन्दा माथी ६० बर्ष मुनिका एकल पुरुषहरुलाई मासिक ५०० का दरले बार्षिक ६ हजार एकल पुरुष भत्ता वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत बद्री प्रसाद शर्मा वाग्लेले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस