फागुन १२,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड -नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल जारी रहेको छ ।
काँग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ पुग्नु भएका प्रचण्ड र नेपालबीच आगामी रणनीतिका बारेमा कुराकानी भइरहेको बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्थापनाको पक्षमा फैसला गरेपछि प्रचण्ड नेपाल समुहको नेकपा नेपाली काँग्रससँग सहकार्यको खोजी गरिरहेको छ ।
अध्यक्षद्वय प्रचण्ड र नेपाल मंगलबार चितवनमै हुँदा सार्वोच्चले फैसला सुनाएको थियो । चितवनको पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभइकन बुधबार बिहान उहाँहरु काठमाडौं आउनु भएको थियो । संसद पुनर्थापना लगत्तै अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिमा अघि बढ्ने प्रतिकृया दिनुभएको थियो ।