• २०८३ बैशाख ३१ गते बिहिवार

नेपालमा ४ लाख ३० हजार जनाले लगाए कोरोना खोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौँ। नेपालमा आजसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् ।

त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४८० जनाले खोप लगाए । फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाएका स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यस्तै फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस