• २०८३ बैशाख १३ गते आइतवार

अदालतको निर्णयलाई माने पनि सम्मान गर्न सकिन्नः उपप्रधानमन्त्री ईश्वर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२,काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला माने पनि सम्मान गर्न नसकिने बताउनुभएको छ । अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने उल्लेख गर्दै उहाँले सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट राजनीतिक समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको भन्दै गुनासो जनाउनुभयो ।

उहाँले ट्विटमार्फत् भन्नुभएको छ, “सकार संचालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको छ । सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।

Sharing

प्रतिक्रिया दिनुहोस