फागुन १२, काठमाडौं । बालाजु बाइपासमा निमार्ण हुनलागेको बाइपास सुचना केन्द्र निमार्णस्थल वरपर लगाइएके संरचना भत्काउन खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी वृत बालाजुका अनुसार निमार्णस्थलमा बाँसको धेराहाली जस्ता लगाउर्दै गर्दा उक्त संरचना भत्काउन आएपछि पिडीत सर्घष समितीका अध्यक्ष महेश्वर मानन्धर सहित ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार निमार्णस्थलमा काम गर्दै गर्दा उनिहरु यो हाम्रो जमिन हो, कसरी निमार्ण हुन्छ हेरौं त भन्दै भत्काउन आएका थिए । काठमाडौं महानगरपालिकाको रु १ करोड लागतमा निमार्ण हुन लागेको उक्त सुचना केन्द्र भवन निमार्णको लागि बाइपास सुचना केन्द्र उपभोक्ता समितीले महानगरपालिकासँग सम्झौता गरि निमार्ण सरुवात हुन लागेको हो।