• २०८३ बैशाख ७ गते सोमवार

बाँचेन जलिरहेको टायर शरीरमा फालिएको हात्ती, दाजुभाइ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, एजेन्सी । भारतमा जलिरहेको टायरले आक्रमण गरिएको हात्तीको उपचारका क्रममा मृत्यु भएको छ। तमिलनाडुका बन अधिकारीहरूले निलगिरीको मसिनागुडीमा केही दिनअघि भएको उक्त घटनामा दुई जनालाई पक्राउ गरेको छ भने थप एक जनाको खोजी गरिरहेको छ ।

सामाजिक सञ्जालमा जलिरहेको टायर हात्तीको शरीरमा फालिएको भिडिओ आएको थियो। टायरको आक्रमणमा परेको हात्ती भाग्दै जंगलतर्फ गएको देखिन्छ।उनीहरूले ४० वर्षको भाले हात्तीको शरीरमा जलिरहेको टायर फालेका थिए। टायरले हात्तीको कान र पिठ्यूँ जलेको थियो।

पक्राउ परेका दुई जना दाजुभाइ हुन्। उनीहरू मसिनागुडी होम स्टे चलाउँथे। होम स्टे नजिकै आएको हात्तीलाई उनीहरूले आक्रमण गरेका हुन्। अहिले उक्त होम स्टे पनि सिज गरिएको छ।

घाइते हात्तीको सुरूमा मसिनागुडी नजिकैको मुदुमलाई टाइगर रिजर्भमा उपचार गरिएको थियो। एउटा कान नै छुट्टिएको हात्तीको त्यहाँ उपचार नभएपछि थेप्पाकाडु क्याम्पमा लैजान खोजिएको भएपनि उसको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस