माघ ११, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड९नेपाल समूहको स्थायी कमिटीको बैठक आज दिउँसो साढे १२ बजे बस्दै छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनको कार्यक्रम लगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।
गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । माघ ९ गते प्रचण्ड९नेपाल समूहले काठमाडौंमा शक्ति प्रर्दशन समेत गरेको थियो ।