• २०८३ बैशाख २३ गते बुधवार

पेस्तोलसहित सर्लाहीबाट एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेका छन ।

उनको साथबाट प्रहरीले ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद गरिएको छ । उनलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक राठौरले जनाउजु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस