• २०८३ बैशाख ११ गते शुक्रवार

पाँच दिनदेखी वेपत्ता बालिका मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, बर्दिया । बर्दियामा पाँच दिनदेखी बेपत्ता रहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं.८ औरी बस्ने ६ बर्षिया देविका खनाल घर नजिकैको नहरको साइफन भित्र मृत अवस्थामा फेला पारिएको हो ।

प्रहरीका अनुसार, गएको शनिबार बेलुकादेखि हराइरहेकी बालिकाको प्रहरी चौकी कतार्नियमा जानकारी गराए पश्चात खोजतलास गर्दा कही फेला पर्न सकिरहेकी थिइनन् । खोजतलासकै क्रममा घर नजिकै रहेको बबई सिचाई आयोजनाको नहरको छेउमा चप्पल भेटिएपछि डुबेको हुन सक्ने आंशका गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले वडा नं.९ औरी स्थित उनको घर देखि अन्दाजी ५०० मिटर पश्चिम मा रहेको बबई सिचाई आयोजनाको नहरको अन्डर ग्राउन्ड भित्र मृत अबस्थामा फेला परेको हो । बालिकाको शव फेला पारी पोष्टमार्टमको लागि बर्दिया अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस