• २०८३ मङ्सिर ४ गते बिहिवार

बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्ष पछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । १५ वर्षिय बालिकालाई बलात्कार गरी फरार रहेको १ जनालाई प्रहरीले १० वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा, सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार, तामाङले २०६८ सालमा काठमाडौँमा जागिर लगाइदिन्छु भन्दै १५ वर्षीया किशोरीलाई दोलालघाटबाट काठमाडौँ ल्याएका थिए ।काठमाडौँमा उनले कोटेश्वरस्थित शुभलक्ष्मी गेस्ट हाउसमा लगेर डर त्रास देखाएर जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले २०७१ साल वैशाख १ गते तामाङलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद तथा पीडितलाई १० लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।

उक्त फैसला पछि फरार रहेका तामाङलाई १० वर्ष पछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस