असोज ७, झापा। दमक नगरपालिका-८ स्थित भारत बिहार प्रदेश दरबंगा घर भएका ३८ वर्षीय मो-सुमन मियाँको पसलमा रुवा पेल्ने मेसिनबाट लाइन सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।