• २०८३ बैशाख ७ गते सोमवार

बाँके प्रहरीले ठुलो मात्रामा लागूऔषधसहित महिला पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार बिहान ११ बजेको समयमा बसपार्क सडक खढडबाट ठुलो परिणामको लागू औषधसहित एक महिलालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको टोलीले नेपालगञ्ज–४ बसपार्क सडक खण्डबाट १ हजार १ सय १५ नाईट्राजेपाम टेब्लेट र ६ ग्राम ब्राउन सुगर जस्तो धुलो सहित बरमद गरेको हुम्ला नाम्खा गाउपालिका वडानं.१ घर भएकी वर्ष ३९ कि खण्डु तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नाईट्राजेपाम टेब्लेट र ब्राउन सुगर सहित प्रहरी नियन्त्रणमा परेकी तामाङ्ग माथि थप अनुसन्धान सुरु भएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस