• २०८३ बैशाख ७ गते सोमवार

राष्ट्रिय युवा संघ नेपालको टोली राहत सामाग्री लिएर मनाङ हिड्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय टोलि बाढी पहिरो गस्त मनाङमा राहत सामाग्री सहित प्रस्थान गरेको छ । केन्द्रीय अध्यक्ष किरण पौडेलको नेतृत्वमा राहत सामाग्री लिएर आज मनाङतर्फ प्रस्थान गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालको टोलीलाई संघका इन्चार्ज महेश बस्नेतले बिदाइ गर्नु भएको हो । राहत सामाग्री १५ लाख भन्दा धेरैको रहेको छ । राहत सामाग्रीमा चामल, तेल, दाल, नुन, लत्ताकपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्यान्केट लगायतको सामाग्रीहरु रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय टोलि राहत लिएर मनाङ तर्फ प्रस्थान गर्नु पुर्व मुस्ताङका नेता एवम् पुर्व संसद प्रेम तुलाचनले विदाइ गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस