जेठ ९, काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई लाहोर क्वालन्डर्सले रिलिज गरेको छ । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट टिम लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनः राशिद खानलाई टिममा बोलाएको छ ।
लाहोरले यसअघि सन्दीपलाई राशिदको स्थानमा टिममा अनुबन्ध गरेको थियो । यसअघि कोरोना भाइरसको माहामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए । यूएईको आबुधाबीमा हुने पीएसएलका २० बाँकी खेलहरू छन् ।