जेठ ९, काठमाडौं । आज सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० ले बढेर ९३ हजार ६०० मा कारोबार भएको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।