• २०८३ जेष्ठ १७ गते आइतवार

प्राथमिक स्वास्थ केन्द्रमा ठेकेदार केशव महतद्वारा भष्ट्रचार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ९, रामेछाप । प्राथमिक स्वास्थ केन्द्र खिम्तीमा ठेकेदारले भष्ट्रचार गर्दा कोरोनाका बिरामीलाई उपचार गर्न गाह्रो भएको छ। गत साल पुर्ण काम नसकी भवन हस्तान्तरण भएको थियो।

तत्कालीन डि अमरबहादुर थापाले भवनको काम सिद्दिएको र पछि तलमाथि भएमा आफु त्यसको जिम्मेवारी लिने बताए पश्चात लिखु तामाकोसी गाउँ पालिका वडा छ तथा प्राथमिक स्वास्थ केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद न्यौपानेले स्वामित्व ग्रहण गरेका थिए । अमर थापा अहिले सरुवा भएर अन्य जिल्लामा गएका छ्न।

प्राथमिक स्वास्थ केन्द्रमा अहिले शौचालयमा ढोका लाग्दैन, पानी चुहिएर बस्न सकिदैन । कोठाहरुको हालत पनि उस्तै छ। खानेपानी लगायत अन्य ठाउँको पाइप फुटिसकेका छन । बिरामीहरु ढुक्कले आराम गर्न पाउदैनन् । सम्पुर्ण संरचना पुरानो जस्ता भैसकेको छन। केशव महतलाई मैले बारम्बार फोन गरिसके तर उहा फोन उठाउनु हुन्न। टीका भट्ट मार्फत पनि मैले महतलाई सम्पर्क गर्न खोजे तर उहाँ सम्पर्कमा आउनु भएको छैन । टीका भट्ट र अमरबहादुर थापाले केही भएमा त्यसको जिम्मेवारी आफू लिने भने पछि मैले भवन बुझेको थिए । खवर 24 नेपाललाई अध्यक्ष न्यौपानेले बताए । महत लिखु तामाकोशी गाउँपालिका नेपाली काङ्ग्रेसका स्थानीय नेता समेत हुन।

यद्यपि हामीले कोरोनाबाट जनता प्रभावित हुन सक्ने कारण प्राथमिक स्वास्थ केन्द्र्मा एक्स रे मिसिन, एन्टिजेन कीट, दक्ष डक्टर, आइसोलेसन लगायत अन्य ब्यबस्था गरेको न्यौपानेको दाबी छ। उनले कोही अफ्ठेरोमा परेर उपचार गर्न असमर्थ छ्न भने आफुलाइ सिदै ९८५१०९५५५६ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन।

Sharing

प्रतिक्रिया दिनुहोस