• २०८३ बैशाख ४ गते शुक्रवार

विश्व पानी दिवसमा बक्तृत्वकला प्रतियोगिता : प्रथम बुढा 

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

चैत ०९ मुगु । विश्व पानी दिवस देश भर विभिन्न कार्यक्रम गरि मनाईएको छ भने मुगुमा एक ऐतिहासिक कार्यक्रम गरि मनाईएको छ । विश्व पानी दिवसको अवसरमा मुगुमा बक्तृत्वकला प्रतियोगिता गरि दिवस मनाईएको हो ।

युनिसेफ नेपाल, छाया नेपाल र हिरिसडेक मुगुको सयुक्त आयोजना तथा आर्थिक सहयोगमा यो दिवस मनाईएको हो । मानव जीवनमा पानीको महत्व भन्ने शिर्षकमा बक्तृत्वकला गरिएको थियो । प्रतियोगितामा नगरपालिका भित्र आधारभुत तहका विद्यार्थीले सहभागिता जनाएका थिए भने जम्मा ८ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि विद्यार्थीहरुले भिन्न भिन्न तरिकाले आफ्ना बिचार दर्शाएका थिए । उक्त प्रतियोतिमा शोभा आधारभुत विद्यालयका प्रतिमा बुढा प्रथम हुनु भएको छ भने नेपाल राष्ट्यि आधारभुत विद्यालयका सुरेन्द्र नेपाली दोश्रो , लुमका रवि परियार तेश्रो स्थान आउनु भएको छ भने कर्णाली मावि टोप्लाका दिप्त प्रकाश विष्ट सान्तवता स्थान आएको छाया नेपालका कार्यक्रम निर्देशक मिन रावलले बताए ।

प्रथम स्थानमा आएका प्रतियोगि लाई नगद ३५ सय रुपैया प्रदान गरिएको छ भने अन्य लाई क्रमस २५ सय १५ सय र एक हजार रुपैया नगद प्रशसा पत्र प्रदान गरिएको उहाले जानकारी दिए । दिवसको अवसरमा बोल्दै निर्देशक रावलले भने पानी भनेको एक पुनजर्मन हो किन भने पानी नभए यो सृष्टि रहदैन । पानीनै जीवन हो । सुरक्षित पानी स्वास्थ्य जिन्दगानि भनेकै पानी हो रावलले भने । शुद्ध पानी प्रयोग गर्नु नागरिकको कर्तब्य हो । पानी भनेकै नङ र मासु जस्तै सम्बन्ध रहेको उनको भनाई छ ।

यता छायानाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाका अनुसार पानी भनेको यो यस्तो बस्तु हो जुन यसको गणना नै छैन । एउटा नागरिकले स्वस्च्छ पानी पिउनु उसको नैर्सिग अधिकार रहेको बताईन ।

दिवसमा खानेपानीको पनि परिक्षण
पछिल्लो समयमा जलवायू परिवतनको कारण बिश्व भरीको वातावरण प्रदुशित हुदै गहिरहेको अवस्थामा बिश्व भरीका देशहरुले पानी दिवस मनाई रहदा अर्थात मार्च २२ गते मुगुमा पनि बिभिन्न कार्यक्र गदै मुगुको सदरमुकाम आसपासको बस्तीहरुमा बस्ने स्थानियहरुले उपभोग गर्दे आइरहेको खाने पानीको पनि गुणस्तरमा परिक्षण गरिएको छ ।

सरदमुकाम गमगढी आसपासमा रहेका गाउ चैन ,तलितुम , भामवाडाका बस्तीका मान्छेहरुले उपभोग गर्दे आईरहेको खाने पनि परा पुर्खा देखि उपभोग गदै आईरहेको खाने पानी पछिल्लो समयमा मानब बस्ती र जनसंख्या बृद्घि हुदै गहिरहेको अबस्थामा बातावरणमा पनि निकै असर परेको हुदा पछिल्लो अवस्था खाने पानि उपयोग्य छ कि छैन भनेर आज पानि दिवसको अवसरमा पानी पनि गरिएको र खान कुनै पनि दुसित नभएको खाने पानि तथा सरसफाईमा काम गदै आईरहेको छा—याँ नेपालका कार्यक्रम संयोजक मिन बहादुर रावलले पानी दिवसको कार्यक्रममा सार्वजनिक गरेको उनको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस