• २०८३ जेष्ठ ६ गते बुधवार

घोराही सिमेन्ट उद्योगलाई वातावरणीय प्रदूषण तत्काल रोक्न अन्तरिम आदेश

लुम्बिनी प्रदेश ब्युराे पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, दाङ । उच्च अदालत तुलसीपुरले वातावरणीय प्रदूषण तत्काल रोक्न घोराही सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.लाई अन्तरिम आदेश जारी गरेको छ। मुख्य न्यायाधीश नीता गौतम दिक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले तत्काल धुँवा, धुलो र वातावरणीय प्रदूषण नियन्त्रणका लागि अन्तरिम आदेश जारी गरेको हो।

पीडितको तर्फबाट घोराही सिमेन्ट इन्ड्रिष्टिज प्रा.लि. र जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाई दायर रिट उपर सुनुवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो। जनसंख्या तथा वातावरण मन्त्रालय वातावरण विभागको निरीक्षण प्रतिवेदनमा औंल्याइएका वातावरणमा प्रतिकुल असर पार्ने काम नियन्त्रणका लागि ब्याग फिल्टर, विइन्ट ब्रेकिङ वाल र इलेक्ट्रोस्टाटिक प्रिसिपिटाटोर जस्ता उपकरणहरु तत्काल जडान तथा ब्यवस्थित गर्न भनिएको छ ।

त्यसका साथै सडकमा धुलो नउड्ने गरी पानीको फोहरा ब्यवस्थापनसमेत तत्काल गर्न गराउनू भनि अन्तरिम आदेश जारी भएको छ।

https://khabar24nepal.com/03/20/2021/66041/

https://khabar24nepal.com/03/19/2021/65916/

 

Sharing

प्रतिक्रिया दिनुहोस