• २०८३ असार ११ गते बिहिवार

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौं । प्रधानमन्त्रीले केपी सर्मा ओलीले तत्काल राजीनामा नदिने हुनु भएको छ । सर्वोच्च अदालतबाट संसद पुनस्थापनाको फैसला आएपछि अब के हुन्छ भन्ने बहस चलिरहेको समयमा प्रधानमन्त्रीका प्रेश संयोजकले तत्काल राजिनामा नआउने जनाउनु भएको हो ।

प्रधानमन्त्रीका प्रेश संयोजक सुर्य थापाले सामाजिक संजालमा सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएपनि मान्नु पर्ने तथा कार्यान्वयन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने र तत्काल राजीनामा नदिने बताृनु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ : “सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।”

Sharing

प्रतिक्रिया दिनुहोस