माघ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) तारकेश्वर नगर कमिटीद्धारा आयोजित कृहत कार्यकर्ता भेलामा नेकपा काठमाडौं जिल्लाका नेता सिताराम रेग्मीले नेकपाका अध्यक्ष प्रचण्ड तर्फ लक्षित गर्दै धेरै टाउको चिलायो भन्दै नहिड्न अनुरोध गरेका छा । उनले भेलामा बोल्दै धेरै टाउको चिलायो भन्दै नहिड्नोस कमरेड, आफ्नै कार्यकर्ताले टाउको फुटाउलान भन्दै खबरदारी गरेका छन ।

तारकेश्वर नगरकमिटीले आयोजना गरेको भेलामा बोल्दै उहाले सहमतीका आधारमा पाटी एकता गरेर आधा आधा सरकार र पार्टी चलाउने सहमती भएपनि प्रचण्डले आधा समय पछि पुन पुरा अबधि केपी ओलीले नै सरकार चलाउने विज्ञप्ती जारी गरेपछि फेरी अहिले यस्तो गर्नु गलत रहेको बताए । उनले देश विकास गर्ने योजना केपी ओलीसँग मात्र भएकाले ओलीलाई साथ दिएको बताउनु भयो ।
हेर्नुहोस भिडीयो