• २०८३ बैशाख २५ गते शुक्रवार

इजरायली राष्ट्रपति र प्रधानमन्त्रीसँग अमेरिकी सुरक्षा सल्लाहकारको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ७ एजेन्सि । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जक सुल्लिभानले इजरायली राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरुका बीचमा मङ्गलबार इजरायलमै भेटवार्ता भएको इजरायली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

इजरायलका राष्ट्रपति इसाक हेर्जोग र प्रधानमन्त्री नफ्ताली बेन्नेटसँगको भेटवार्ताका क्रममा सुरक्षा सल्लाहकार सुल्लिभानले दुई पक्षीय हित र साझा सरोकारवाला विषयमा छलफल गर्नु भएको थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाका बारेमा पनि उहाँहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति हेर्जोगको आधिकारीक ट्वीटर हेन्डलमा पनि भेटवार्ताका बारेमा उल्लेख गरिएको छ । ट्वीटरमा लेखिएको छ, “मैले आज राती अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जक सुल्लिभानसँग भेटवार्ता गरेको छु ।”
भेटवार्ताका क्रममा राष्ट्रपति हेर्जोगले अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो नजिकको साथी भएको उल्लेख गर्नु भएको थियो । बाइडेन राष्ट्रपतिमा निर्वाचित भएकोमा आफूलाई धेरै खुशी लागेको समेत उहाँले बताउनु भएको थियो । बाइडेन र आफ्नो मित्रताका कारण अमेरिका र इजरायलबीचको सम्वन्ध पनि राम्रो हुदै जाने उहाँले विश्वास व्यक्त गर्नु भएको थियो ।

“हाम्रो सम्वन्ध एकदमै बलियो र अर्थपूर्ण हुनुपर्छ भनेर सुरक्षा सल्लाहकार सुल्लिभानसँग मैले भनको छु,” उहाँले ट्वीटरमा लेख्नु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस