• २०८३ बैशाख ७ गते सोमवार

आर्सनल कारबाओ कपको सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ७, काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनल कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेले मैदानमा मंगलबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब सन्डरल्यान्डलाई ५–१ गोलले हरायो ।

आर्सनलको जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक पूरा गर्नुभयो । निकोलस पेपे र चार्ली पाटिमोले एक एक गोल थप्नुभएको थियो । सन्डरल्यान्डका नाथन ब्रोडहेडले सान्त्वना गोल फर्काउनुभयो ।घरेलु टोली आर्सनलले १७औँ मिनेटमा एडवर्डको गोलबाट अग्रता लिएको थियो । २७औँ मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ३१औँ मिनेटमा नाथनले गोल गर्दै सन्डरल्यान्डलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । दोस्रो हाफमा थप आक्रामक देखिएको आर्सनलले तीन गोल थपेको थियो ।

४९औँ मिनेटमा एडवर्डले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई बलियो बनाउनुभयो । ५८औँ मिनेटमा एडवर्डले निकोलस पेपेको पासमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो । दोस्रो हाफको इन्जुरी समयमा चार्ली पाटिमोले गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस