• २०८३ बैशाख ६ गते आइतवार

एमाले स्थायी कमिटी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको हो ।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस