• २०८३ बैशाख ११ गते शुक्रवार

झापाबाट कौडा खेलिरहेको १७ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, झापा। झापाको दमक नगरपालिका-१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झापाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस