• २०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रपतिद्वारा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौँ। परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा।नारायण खड्का नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८र३र२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा। नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । ”

मन्त्री खड्काको शपथ आजै दिउँसोका लागि तय गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस