• २०८३ बैशाख २० गते आइतवार

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज (नामसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी, विभागको प्रमुख र जिल्लाको इन्चार्ज तोकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी र विभागको प्रमुख तोकेको हो ।

बैठकले जिल्ला समन्वय समितिका संयोजक तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ। माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ । स्थायी कमिटी बैठकले अन्य कम्युनिष्ट पार्टीसँग एकीकरणको लागि वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य रहेको कार्यदलसमेत बनाएको छ।

कसलाई कहाँ जिम्मेवारी ?

प्रदेश नं २ मा स्थायी कमिटी सदस्य गणेश शाह,
बागमती प्रदेशमा हितमान शाक्य
गण्डकी प्रदेशमा हितराज पाण्डे
लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल
कर्णाली प्रदेशमा शक्ति बस्नेत,
सुदूरपश्चिम प्रदेमा खगराज भट्ट
प्रदेश नं. १ मा भने कसलाई इन्चार्ज बनाउने टुंगिएको छैन।

Sharing

प्रतिक्रिया दिनुहोस