• २०८३ बैशाख २२ गते मङ्गलवार

एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेश सभा सचिवालयको भनाइ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, रुपन्देही । नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेश सभा सचिवालयले बताएको छ । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट पदमुक्त गर्न सभामुख समक्ष पत्र पठाएको थियो ।

तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको हो । सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

पत्रमा अजय शाही स्वतन्त्र समूह बाट चुनावमा सहभागी भएको र व्यक्तिगत विवरण पनि स्वतन्त्र समूहको तर्फबाट नै रहेको उल्लेख छ । आफूले कारबाहीको विवरण पठाए पनि सचिवालयले उनीहरू लाई पदमुक्त नगरेको भन्दै एमालेले दुई दिनसम्म प्रदेश सभा बैठकमा अवरोध गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस