भदौ ६, खोटाङ । प्रहरीले खोटाङबाट भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका(७ ऐसेलुखर्क बस्ने ३७ वर्षीय खगेन्द्र राईलाई १ थान भरुवा बन्दुक सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले राईको घर तालसी गर्दा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।