• २०८३ असोज १८ गते आइतवार

असोज महिना सम्म मुगुका सबै डिपो कार्यालय रित्तै हुने

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

साउन ०७, मुगु । हिमाली जिल्ला मुगुमा सञ्चालित सबै डिपो कार्यालय तथा बिक्रि केन्द्रमा असोज महिना सम्म रित्तै हुने भएका छन् । मुगुमा सञ्चालित पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र , श्रीकोट डिपो केन्द्र खत्याड , रातापानि बिक्रि केन्द्र खत्याड र कालै बिक्रि केन्द्र गरि ५ वटा डिपो तथा बिक्रि केन्द्रमा असार महिना देखि असोज महिना सम्म रित्तै हुने भएका हुन ।
डिपो केन्द्रहरुमा ठेक्का प्रक्रियाको लागि टेण्डर आब्हान भईसकेको र साउन २१ गते सम्म टेण्डर आब्हानको लागि अन्तिम मिति रहेको रहने खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जानकारी दिएको छ । डिपो केन्द्र बाट वितरण भईरहेको चामल आज भोलि सकिए पछि ति डिपो कार्यालय रित्तै भएका हुन । अहिले पुलु डिपो केन्द्रमा मात्र २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको छ त्यहि पनि गाउपालिकाले खरिद गरेको हो उही चामल पनि सकिने अवस्थामा रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुका सुचना अधिकारी पुस्कर भामले बताए ।

शाखा कार्यालय गमगढी बजारमा अहिले २ सय ४ सय क्विन्टल चामल मौज्दात रहेको छ । डिपो केन्द्रहरुमा चामल सकिए पछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राही दैनिकी भिड लाग्ने गरेको बताए ।

अहिले दैनिकि रुपमा १ सय देखि २ सय सम्म सदरमुकाम लगायत टाढा टाढा बाट पनि आउने गरेको उनको भनाई छ । उनले थपे सदरमुकाम गागढीमा रहेको शाखा कार्यालयमा चामल पनि थोरै छ, आबश्यकता अनुसार स्थानीय लाई पुर्याउन सकिएको छैन । अन्य जिल्ला भन्दा मुगुमा जिल्लामा टेण्डर प्रक्रियाको काम पनि अगाडी बढ्न सकेको छैन, टेण्डर फार्म पनि जिल्लामा आईपुगेको छैन सो फार्म आईपुगे पछि टेण्डर प्रक्रिया अगाडी बढ्ने र सबै डिपो कार्यालय , बिक्रि केन्द्रमा चामल प्रसस्त मात्रामा पुग्ने भामको बिचार रहेको छ । डिपो केन्द्रहरु रित्तै भए पश्चात सेवाग्राही रित्तो हात लिएर घर फर्कने गरेका छन् । पछिल्लो समय मुगुमा स्थानीय रैथाने बालि उत्पादन तथा खेति गर्न बिस्तारै बिस्तारै हराउदै गए पछि आयतित खाद्यान्नमा निर्भर रहेका छन् । यहाँ उत्पादन हुने फापर , जौ , गहुँ , उवा लगायत स्थानीय रैथाने बालि लाई यहाका स्थानीय सरकार तथा सरोकारवाला निकायहरुले सम्द्धन तथा प्रवद्धनमा ध्यान नदिदा रैथाने बालि लोप हुने अवस्थामा पुगेको हो । त्यो भन्दा खत्याडको रातापानिमा रहेको बिक्रि केन्द्र १ वर्ष भन्दा बढि रित्तै रहेको छ । त्यहाँ लागि यो भन्दा अगाडी प्रादेशिक कार्यालय सुर्खेतमा ठेक्का प्रक्रिया र चामल ढुवानिको लागि शाखा कार्यालय मुगुमा पटक पटक पत्र काट्दा समेत सुनुवाई नगरेको र हाल सम्म पनि उक्त बिक्रि केन्द्रमा चामल नपुगेको बताए ।

मुगु जिल्लामा खाद्यान्नको लागि अहिले मात्र समस्या होईन विगतका वर्ष देखिनै यहाका स्थानीयले सास्ती खेप्दै आईरहेका छन् । कहिले डिपो केन्द्रमा चामल नहुनु , भएको चामल पनि समयमै वितरण नहुन , यदि वितरण भए पनि समय नाघेको चामल वितरण गरिनु , चामल लिन डिपो कार्यालयमा पुग्दा विभिन्न प्रकारका समस्या दर्शाउदै रित्तो हात फर्कन जस्ता विभित प्रकारका सास्ती खेप्दै आएको यहाका स्थानीयको गुनासो रहेको छ । सुनको शिरानीमा रहेका यहाका स्थानीय नुनको खोजि गर्ने जस्तै अवस्था रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस