असार ८, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
खेलको ३८ औं मिनेटमा पिएरे इमिलको पासमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन् । ५९ औं मिनेटमा रुसका डिफेन्डरले दिएको ब्याक पासमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २-० को बनाए । ७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २-१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।
यस जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।