• २०८३ असार ९ गते मङ्गलवार

कोरोनाबाट मकवानपुरमा थप ५ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ८, मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा–४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका–११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका–९ का २ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ निवासी ४८ वर्षीय पुरुष र हेटौंडा–११ की ६० वर्षीय महिला रहेका छन ।

मकवानपुरमा जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै हेटौंडा अस्पतालमा ४३ जनाले ज्यान गुमाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस