• २०८३ जेष्ठ ३ गते आइतवार

लोक सेवा आयोगका अधिकृत मिमबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोगका अधिकृत मिमबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल वायुसेवा निगमको परीक्षामा छोरीलाई सहभागी बनाई उत्तरपुस्तिका सच्याई अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा छोरी सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले छोरीलाई वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा सबै प्रश्नको उत्तर अंग्रेजी ‘सी’ लेख्न लगाई पछि त्यसमा केरमेट गरेका थिए । परिक्षार्थी छोरीले वस्तुगत प्रश्नका सबै ५० वटै प्रश्नको जवाफ मिलाएकी थिइन् । छानबिन गर्दा सबै उत्तरमा अंग्रेजी ‘सी’ लेखिएको र पछि त्यसमा थपेर ए, बी र डी बनाइएको खुलेको थियो ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य भएकोले निज मिम बहादुर शाहीलाई सोही ऐनको दफा ११ अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस