• २०८३ बैशाख ७ गते सोमवार

निकुञ्ज र सेनाद्वारा जंगलमा बन्दुकसहितका शिकारी सामग्री बरामद

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

 

चैत ९, बाँके । बाँके राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट हतियारसहितका सामग्री बरामद गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा राखिएको स्पाई क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएपछि ‘अपरेशन महाहण्ट ७’ मा खटिएको सेनाको टोली र निकुञ्ज कार्यालयका कर्मचारीको टोलीले उक्त सामग्री बरामद गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाकाअनुसार भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य बन्दोवस्तीका सामानहरु बरामद भएको छ । घटनामा संलग्न भई फरार व्यक्तिहरुको खोजी जारी रहेको सेनाले छ ।

Sharing

प्रतिक्रिया दिनुहोस