• २०८३ बैशाख ५ गते शनिवार

सिकार खेल्ने क्रममा बन्दुक पड्कदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, पाल्पा। सिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा लक्ष्मण छहारीको मृत्यु भएको हो । मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए ।

सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक छहारीसँगै सिकार खेल्न गएका ज्ञानबहादुर गाहा, कमल राना र देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस