• २०८३ जेष्ठ ७ गते बिहिवार

आयुर्वेद शाखाद्वारा ज्येष्ठ नागरिकलाई च्यवनप्राश वितरण

संजय कुशवाहा पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, नवलपरासी पश्चिम । नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाद्वारा ज्येष्ठ नागरिकहरूलाई च्यवनप्राश वितरण गरिएको छ । दीर्घायु योजना कार्यक्रम अंतर्गत संचालित गाउँपालिकाको वडा न.१ देखी वडा न.९ सम्मका प्रतेक वडाका ७० वर्ष भन्दा माथीका २७ सय ज्येष्ठ नागरिकहरूलाई च्यवनप्राश वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

No description available.

सो गाउँपालिकामा रहेका हरेक वडामा पुगी आयुर्बेद शाखाले ज्येष्ठ नागरिकहरूलाई तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने उदेश्यका साथ वितरण गरिएको आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताए ।

No description available.

 

आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदै गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ । आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न रोगको आयुर्बेद औषधि समेत लामो समय देखि गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस